पोखरा । नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले सबै पत्रकारहरुको क्षमता अभिवृद्धि हुनु पर्नेमा जोड दिएका छन् ।
‘समावेशी लोकतनत्रको आधार, पूर्ण समाबेशी सञ्चार’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको आयोजनामा बुधबार पोखरामा भएको नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा उनले सो भनाइ राखेका हुन् ।
कार्यक्रममा उपस्थित सम्पुर्णमा २०८२ सालको शुभकामना व्यक्त गर्दै उनले विभिन्न पत्रकार संघसंस्थामा निर्वाचित हुनुभएका फोनिजकर्मीहरुलाई बधाई ज्ञापन गरे ।
उनले पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको पत्रकार महासंघले समावेसी रुपमा समग्रह पत्रकारहरुलाई अघि बढाउनुपर्ने बताए ।
साथै, आदिवासी जनजाति पत्रकारहरुले पत्रकारीता भन्दा माथि उठेर आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताका लागि कलम चलाउन तमुले आग्रह गरे । तीनै तहका सरकार समक्ष विभिन्न कार्यक्रमका लागि माग गर्न पनि तमुको आग्रह रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले प्रतिष्पर्धी अवस्थामा विना मेहेनत आफ्नो लक्ष्य र उद्देश्य पूरा नहुने बताए ।
उनले समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै कास्की र गण्डकीले पत्रकारमैत्री कार्यक्रमहरु संचालन गरिरहेको बताउनुहुदै फोनिजकर्मीहरुको माग सम्बोधनमा तत्पर रहने प्रतिबद्धता जनाए ।
फोनिजका गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगरले कास्की र गण्डकीमा रहेका फोनिजकर्मीको आवश्यकता, माग लगायत बिषयलाई केन्द्रसम्म पुर्याउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज कास्कीका निवर्तमान अध्यक्ष दिल प्रसाद गुरुङ र आदिवासी जनजाति संघसस्थाको तर्फबाट नेवा खल कास्कीका महासचिव श्रीकृष्ण कतिलाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै संसदिय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोईराला, रासस गण्डकीका प्रमुख बासुदेव पौडेल, फोनिज गण्डकीका अध्यक्ष खिमाकुमारी गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष उमा आले मगर, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, राष्ट्रिय फोटो पत्रकार समुह कास्कीका अध्यक्ष योगेन्द्र श्रेष्ठ, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङ, मार्फा थकाली समाज कास्कीका अध्यक्ष देव कुमारी हिराचन लगायत विभिन्न आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधि एवं संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
फोनिज कास्कीका अध्यक्ष विना कुमारी थापा मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष सुशिल श्रेष्ठले स्वागत मन्तव्य र सचिव देविका तमाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु