पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् ।
“समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने ।
मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै र अभिभावक शिक्षा जस्ता कार्यक्रमहरू ल्याइएको उल्लेख गरे ।
“शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन। प्रविधिमैत्री शिक्षाले मात्रै नेपाललाई बस्न योग्य, सीपयुक्त, र आत्मनिर्भर बनाउँछ”, उनले भने । मन्त्री थापाले उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।
स्नातक कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले नेपालमै अपार सम्भावना रहेको र युवाहरूले पढाइसँगै सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थिति रहेको थियो। कलेजले समेत भविष्यमा गुणस्तरीय र व्यवहारिक शिक्षाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु