तनहुँ । अमेरिकन राजदुतावासकि प्रवक्ता एण्डी डि आरमेन्टको नेतृत्वमा आएको टोलिले शुक्रबार व्यास नगरपालिकाको भ्रमण गरी विभिन्न जानकारी लिएको छ। त्यसक्रममा टोलिले व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको बारेमा जानकारी लिएको थियो । साथै उनले स्थानिय तहले आफुले गरेका कामहरुलाई संञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत जनसमक्ष पुर्याई त्यसको प्रतिक्रिया लिन सक्नु पर्नेमा जोड दिइन ।
टोलिलाई जानकारी गराउने क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कार्यालयको वर्तमान अवस्था, योजना छनोट सम्बन्धी जानकारी तथा नगरपालिकाले तयार गरेको भावि विकासका गुरुयोजनाका बारेमा स्पष्ट पारेका थिए । भर्खरै संकलित तथ्याङक सम्बन्धि जानकारी र दैनिक रुपमा नगरपालिकाबाट नगरबासिलाई दिईने सेवा र सुबिधाको बारेमा पनि न्यौपानेले बताए ।
नगरप्रमुख न्यौपानेले नगरपालिका भित्र वडाअध्यक्ष, वडा सदस्य तथा कर्मचारिहरु विचको समन्वय, नगरबासि संगको सम्बन्धका बारेमा पनि जानकारि गराए । त्यस क्रममा आफ्नो प्रतिक्रिया दिदै प्रवक्ता डि आरमेन्टले आफुलाई स्थानिय तहमा ग्रामिण तहका जनताको प्रतिनिधित्व गरि जनप्रतिनिधिहरुले गरिरहेको विकास निर्माणका काम प्रति अत्यन्त चासो भएको उल्लेख गर्दै व्यास नगरपालिकाको काम प्रति सराहाना व्यक्त गरेकी थिइन ।

यसैगरीआर्मेन्टले निर्वाचित जनप्रतिनिधिहरुले देखाएको काम गर्ने ईव्छा र उत्साहाको प्रशंसा गरेकी थिइन । त्यसक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ जिल्लामा दशवटा स्थानिय तहले गरिरहेको विकास र त्यसमा समन्वय समितिले निर्वाह गरिरहेको भुमिकाका बारेमा जानकारी गराएका थिए ।
भेटघाटका क्रममा जिल्ला समन्वय समितिकी उप-प्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाकी उप-प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधीकृत हरि प्रसाद वांस्तोला,आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हडखले, अमेरिकन राजदुतावासका संचार संयोजक अपार पौडेल, वडाअध्यक्षहरु मोहन कुमार श्रेष्ठ, सतिशचन्द्र न्यौपाने र तुलसिराम सापकोटा, नेपाल पत्रकार महांसघ, तनहुँका अध्यक्ष ओमकार आचार्य, व्यास नगरपालिकाका प्रेस सल्लाहाकार प्रदिप काफ्ले, सुचना प्रविधि अधीकृत विशाल पण्डितको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’