लेखनाथ । त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका थिए । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताए ।
पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कुलपति तिवारीले गण्डकी विश्वविद्यालयलाई प्रविधिमा आधारित शिक्षाको हवका रुपमा विकास गर्ने गरी कार्य प्रारम्भ भएको उल्लेख गर्दै, थप नयाँ कार्यक्रम ल्याउन छलफल गरिएको बताए ।
यसअघि कलेजका प्राज्ञिक सल्लाहकार समेत रहेका कुलपति तिवारीले अनुसन्धानको क्षेत्रमा त्रिवेणी इन्टरनेशनल कलेजलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा कलेजका सल्लाहकार बाबुराम गिरीले कुलपति प्रा.डा. तिवारीले विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराएको अनुभवले गण्डकी विश्वविद्यालय उत्कृष्ट हुनेमा जोड दिए ।
कलेजका अध्यक्ष सुमन भट्टराईले प्रा.डा. तिवारीलाई सम्मान गर्दै, त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको कलेज भए पनि शैक्षिक सुधार र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्न सकिने बताए ।
उनले प्रा.डा. तिवारी कुलपतिमा नियुक्त हुँदा कलेजले एकेडेमिक कोर्षमा थप सल्लाह र सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले गण्डकी विश्वविद्यालयमा उपयुक्त व्यक्तिको नियुक्ती भएको उल्लेख गर्दै, विद्यार्थी टिक्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्य, सहायक क्याम्पस प्रमख डिल्लीराम पौडेल लगायतले शैक्षिक उन्नयनका लागि सहकार्य गरेर जानु पर्नेमा जोड दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु