‘पोखरा’ गण्डकी प्रदेशको राजधानी । चीन देखि भारत जोडिएको यो प्रदेश अन्य प्रदेशका तुलनामा समृद्ध बन्ने सम्भावना प्रशस्त छ ।
नयाँ संविधानपछि मुलुकमा संघीयता कार्यान्वयन भएसँगै अनेक चुनौतिको सामना गर्नुपरेको छ । नयाँ संरचना अनुसार अघि बढ्दा संघ, प्रदेश र स्थानीय तहबीचको काम, कर्तव्य, अधिकारका क्रममा व्यवहारिक कठिनाईहरु छन् । भौतिक संरचना अपुग छ ।
केहि समयअघि पोखरामा नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पहलमा संघ झस्कने गरी ‘मुख्यमन्त्रीहरुको भेला’ भयो । अब पत्रकार महासंघका प्रदेश अध्यक्षहरु पोखरा आउँदैछन् ।
महासंघका प्रदेश समितिहरुले भोग्नु परेका समस्या र आगामी दिनमा प्रदेशका गतिविधीहरुलाई एकरुपतामा कसरी अगाडी बढाउने भन्ने बरेमा छलफल गर्न आगामी असोज २० गते शनिवार पोखरामा भेला आयोजना गर्न लागिएको महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
भेलाको संयोजन गण्डकी प्रदेश शाखाले गर्ने छ । ‘अबका दिनमा पत्रकार महासंघको प्रादेशिक समितिलाई कसरी अगाडी लैजाने भन्ने बरेमा गहन छलफल हुन्छ।’ गण्डकी प्रदेशका अध्यक्ष पौडेलले भने, ‘हामी प्रादेशिक समितिहरुको समान दृष्टिकोण सहित अगाडि बढ्ने बारेमा छलफल गर्दछौँ।’
भेलामा भुगोलका ७ सहित एशोसियट, प्रतिष्ठान र उपत्यका प्रदेशका गरेर १० अध्यक्षहरुको सहभागिता रहनेछ । गण्डकी प्रदेशले आफू मातहतका ११ जिल्लाका अध्यक्ष र सचिवहरुको भेला लुम्लेमा सम्पन्न गरिसकेको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार