कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

महायज्ञ

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

kotihommm

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।

आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा समाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् ।

जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । देवीले यसअघि १४ दिन श्रीमद्भागवत कथा सुनाएर फर्किएकी हुन् ।

कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ ।

कोटीहोममा सोमबार वागमती प्रदेश सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाई सहभागी थिए । सभामुख पाठकले कोटीहोम आजको अवाश्यकता भएको भन्दै यसको व्यवस्थापन गर्न सहज नभएको प्रतिक्रिया दिए । उनले कोटीहोम सम्पन्न भएसँगै पोखरासहित गण्डकी प्रदेशमा धार्मिक पर्यटकको ओइरो लाग्ने दावी गरे ।


उपसभामुख चापागाइँले एकै ठाउँमा विवाह, हवन, भजनलगायत सबै देख्दा आफू अचम्मित भएको भन्दै यसले धर्म र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापति यदुनाथ अधिकारी, सचिव दिपेन्द्र पोखरेल, सहसचिव टेकराज सापकोटा, कोषाध्यक्ष विना गुरुङ, केन्द्रीय नीति तथा मन्थन विभाग सदस्य माधव प्रसाद कंडेल, पोखरा ३३ सभापति दिनेश आचार्यलगायत सहभागी थिए ।

यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसहित गण्डकी प्रदेशका मन्त्री तथा सांसद कोटीहोममा पुगेका थिए ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा जारी रहनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ