स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन

स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन

raw office Syangja udghatan

स्याङ्जामा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमकाबीच नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले भवनको उद्घाटन गरेका हुन् ।

भवनको लागि प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाको नाममा रहेको जग्गाबाट नौ आना दुई दाम जग्गा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय स्याङ्जालाई २०७७ कार्तिक ८ गते प्राप्ति भएको थियो ।

सोही जग्गामा भवन निर्माणका लागि २०७९ असार ७ गते गजिन्द्र निर्माण सेवा प्रालिले भ्याट र कन्टिजेन्सीबाहेक एक करोड ९९ लाख ५९ हजार २ सय ७१ रुपैयाँमा ठेक्का सम्झौता गरी भवन निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौताअनुरूप कम्पनीले करिब १७ महिनामा भवन निर्माण कार्य सम्पन्न गरी २०८० मंसिर १० गते हस्तान्तरण गरेको थियो ।

कार्यालय प्रमुखको आवास, अन्डरग्राउन्ड पार्किङसहित आठ कोठे तीन तले भवन निर्माण भएर कार्यालय सञ्चालन भइरहेको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय स्याङ्जाका प्रमुख उप – अनुसन्धान निर्देशक सुशान्त बरालले जानकारी दिए ।

उप – अनुसन्धान निर्देशक बरालले कार्यालयको आफ्नै भवन भएसङ्गै कामकाज गर्न सहज भई काममा प्रभावकारिता आउने बताए । उनले कार्यालयको छुट्टै भवन भएकोले अब काममा केही नयाँपन आउने साथै छिटोछरितो र समयमै गर्न सहयोग पुग्ने बताए ।

पहिले जग्गा नहुँदा कार्यालयको आफ्नो भवन थिएन । कार्यालयले आफ्नै भवन नहुँदासम्म जिल्ला प्रशासन कार्यालयका सिमित कोठाहरुबाट कार्यसम्पादन गर्दै आएको थियो ।

कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष मायादेवी अर्याल, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष रुपा थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष अनिता अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्गराज सुवेदी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ॠषिराम तिवारी, कास्कीका प्रजिअ भरतमणी पाण्डे, स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याल, गण्डकी प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जा, पुतलीबजार नगरपालिका तथा वडा नं. – १ को कार्यालय, संघीय आयोजना कार्यान्वयन इकाई पोखरा, निर्माण कम्पनी र निर्माण व्यवसायी रवि पौडेललाई सम्मान – पत्रसहित सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ