मुस्ताङ । नेपाल प्रेस युनियनले २० बुँदे ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ घोषणापत्र जारी गरेको छ ।
ललितपुरमा भएको समिट पोखरा र मुस्ताङको जोमसोम हुँदै लोमन्थाङमा घोषणापत्र जारी गरी सम्पन्न भएको हो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले लोमन्थाङमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका थिए ।
घोषणापत्रले जलवायु संकटलाई क्षेत्रीय र विश्वव्यापी चुनौतीको रूपमा स्वीकार गर्दै यसले जीवन, जीविकोपार्जन र मानव अधिकार, विशेषगरी अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँचमा पारेको प्रभावलाई जोड दिएको छ । पर्यावरणमैत्री, समावेशी र दिगो विकास नीति, योजना र पूर्वाधारका लागि आहृवान गर्दै सञ्चार क्षेत्र, राजनीतिक नेतृत्व लगायत सबैले जलवायु कार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
सूचित समाजले मात्र जलवायु संकटको प्रतिकार गर्न सक्ने भएकाले सूचनामा पहुँच र पारदर्शितालाई जोड दिइएको छ । सांस्कृतिक र प्राकृतिक सम्पदाले समृद्ध मुस्ताङमा जलवायु परिवर्तनका कारण उत्पन्न विशिष्ट चुनौतीहरूलाई पनि उजागर गर्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।
सम्मेलनको अवसरमा मुस्ताङमा जलवायु परिवर्तनका गम्भीर प्रभावहरूबारे छलफल गरिएको थियो । नेपाल–चीनबीचको कोराला ट्रान्जिट प्रवेश बिन्दुको सहज सञ्चालन र कालीगण्डकी करिडोरको निर्माण पूरा गर्न संघीय सरकारको समेत ध्यानाकर्षण गरेको प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीले बताए ।
यसैगरी, मुक्तिनाथ, दामोदर कुण्ड र कैलाश मानसरोवरबीच जडान स्थापना गरी सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धन गर्न पनि आहृवान गरेको छ । लोकतन्त्र, मिडिया स्वतन्त्रता र पर्यावरणीय दिगोपनलाई अन्तरसम्बन्धलाई सम्बोधन गरेर शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूको समग्र समाधानका लागि नयाा आधार तय गरेको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)सागको सहकार्यमा गरिएको सम्मेलनले लोकतन्त्र सुदृढीकरण, मिडिया स्वतन्त्रताको संरक्षण र जलवायु संकटको सम्बोधनका लागि नयाँ दृष्टिकोण तय गरेको अध्यक्ष लम्सालले बताए । सम्मेलनमा भारत, भुटान, बंगलादेश, श्रीलंका, बुलगेरिया लगायत देशका गरी १ सय १४० स्वदेशी तथा विदेशी पत्रकारको सहभागिता रहेको थियो । सम्मेलनमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, डिजिटल प्रविधि, एआई र जलवायु संकटका विषयमा छलफल गर्नुको साथै सुरक्षा चुनौतीको विषयमा छलफल भएको थियो ।
घोषणापत्रले लोकतन्त्रलाई विकासको अपरिहार्य आधार मानेर अभिव्यक्ति, प्रेस र सूचनाको अधिकारसम्बन्धी संवैधानिक प्रावधानहरूको कडाइका साथ कार्यान्वयनमा जोड दिएको छ । लोकप्रियतावाद, अतिवाद, पुनर्स्थापनावादी शक्तिहरू र खराब शासनबाट लोकतन्त्रमा उत्पन्न खतराहरूलाई चिरेर जनविश्वास कायम गर्ने दिशामा एक्यबद्धताको आह्वानसमेत गरेको छ ।
सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झा, विपुल पोखरेल, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, वरिष्ठ पत्रकार हरि बहादुर थापा, बाला अधिकारी, अन्तर्राष्ट्रिय पत्रकार महासंघकी उपाध्यक्ष सबिना इन्दरजित लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’