गरिमा विकास बैंक लिमिटेडले स्याङ्जामा एकैदिन दुई नयाँ शाखा बिस्तार गरेको छ । बुधबार बैंकले बिरुवामा १२५ औं र अर्जुनचौपारीमा १२६ औं शाखा बिस्तार गरेको हो ।
यहाँका दुवै नयाँ शाखाहरुको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्राप्त खाँण संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यद्यपि पौडेलले अनलाइनमार्फत आफ्नो उपस्थिति जनाएका थिए ।
अर्जुनचौपारी शाखा कार्यालयको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक पौडेलले यस क्षेत्रमा बैंकको उपस्थितिले वित्तीय क्षेत्रमा कोशे ढुङ्गा थप्ने बताउँदै यस क्षेत्रको पूँजी परिचालनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेको समेत बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले नयाँ शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपयोग गरी लाभान्वित हुने र क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
त्यसैगरी बैंकका अध्यक्ष खाँणले आधुनिक सुविधासहित सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट ग्राहकहरूले सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्ने बताए ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकको हाल काठमाडौं उपत्यकाभित्र २२ वटा शाखासहित देशभर १२६ शाखा, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएममार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
पाँच अर्ब ६८ करोड चुक्ता पूँजी रहेको यस गरिमा विकास बैंकले ८७ अर्ब निक्षेप सङकलन र ७७ अर्ब कर्जा लगानी गरेको छ ।
पहिले स्याङ्जाको वालिङमा मुख्यालय रहेको राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले २०६४ कार्तिक १८ गते आफ्नो व्यावसायिक सञ्चालन सुरु गरेको थियो र औपचारिक उद्घाटन २०६४ मंसिर ७ गते भएको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा