पोखरा । पोखराको १६ नम्वर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धी सम्वन्धी एक दिने तालिम प्रदान गरिएको छ ।
पोखरा महानगर पालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समुह महेन्द्र गुफाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन पछि वोल्दै वडा सदस्य मञ्जु नेपालीले समाजमा पछाडी परेका दलित समुदायलाई कानुनी विषय र क्षमतागत विकासका लागी तालिम फलदायी रहेको बताईन् । उनले समाज विकासको संवाहक महिला नै पछाडी परेमा त्यसले ठुलो समस्या निम्त्याउने स्पष्ट पारिन् । कार्यक्रममा प्रशिक्षक उषा वरुवालले उद्यमशिलताका विषयमा प्रशिक्षण दिदैं कुनै न कुनै उद्यम विना सफलता हासिल गर्न नसकिने बताईन् । अर्का प्रशिक्षक पुर्णशोभा मर्हजनले महिला माथि लाग्ने विभिन्न किसिमका लाञ्छनाले परिवार मात्र नभई समाज नै कमजोर बन्ने बताउँदै, मानसिक स्वास्थ्य सवल हुनुपर्नेमा जोड दिईन् ।
अर्का प्रशिक्षक दलित महिला संघ फेडोका अध्यक्ष ईश्वरी विकले कानुनी सचेतनाका विषयमा प्रशिक्षण दिंदै, दलित समुदायका निम्ती कानुनमा व्यवस्था भएका विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताईन् । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सल्लाहकार एकराज नेपाली, पत्रकार शिशिर पौडेल, महिला अधिकारकर्मि लक्ष्मी देवकोटा, फेडोका नितु नेपाली लगायतले दलित समुदायभित्रै रहेको विभेद अन्त्य हुनुपर्नेमा जोड दिंदै, तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र समाज परिवर्तनको सपना पुरा हुने बताए । बाटुलेचौर दलित महिला समुहको सह आयोजनामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिर्जना नेपाली र संचालन सचिव ईश्वरी नेपालीले गरेकी थिईन् ।
सोही अवसरमा जनजागरण आमा समुहको साधारण सभा पनि सम्पन्न भएको छ । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको सभाले समुहको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गर्यो ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो