पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना

पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना

pho

पोखरा । पोखराको १६ नम्वर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धी सम्वन्धी एक दिने तालिम प्रदान गरिएको छ ।

पोखरा महानगर पालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समुह महेन्द्र गुफाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन पछि वोल्दै वडा सदस्य मञ्जु नेपालीले समाजमा पछाडी परेका दलित समुदायलाई कानुनी विषय र क्षमतागत विकासका लागी तालिम फलदायी रहेको बताईन् । उनले समाज विकासको संवाहक महिला नै पछाडी परेमा त्यसले ठुलो समस्या निम्त्याउने स्पष्ट पारिन् । कार्यक्रममा प्रशिक्षक उषा वरुवालले उद्यमशिलताका विषयमा प्रशिक्षण दिदैं कुनै न कुनै उद्यम विना सफलता हासिल गर्न नसकिने बताईन् । अर्का प्रशिक्षक पुर्णशोभा मर्हजनले महिला माथि लाग्ने विभिन्न किसिमका लाञ्छनाले परिवार मात्र नभई समाज नै कमजोर बन्ने बताउँदै, मानसिक स्वास्थ्य सवल हुनुपर्नेमा जोड दिईन् ।

अर्का प्रशिक्षक दलित महिला संघ फेडोका अध्यक्ष ईश्वरी विकले कानुनी सचेतनाका विषयमा प्रशिक्षण दिंदै, दलित समुदायका निम्ती कानुनमा व्यवस्था भएका विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताईन् । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सल्लाहकार एकराज नेपाली, पत्रकार शिशिर पौडेल, महिला अधिकारकर्मि लक्ष्मी देवकोटा, फेडोका नितु नेपाली लगायतले दलित समुदायभित्रै रहेको विभेद अन्त्य हुनुपर्नेमा जोड दिंदै, तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र समाज परिवर्तनको सपना पुरा हुने बताए । बाटुलेचौर दलित महिला समुहको सह आयोजनामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिर्जना नेपाली र संचालन सचिव ईश्वरी नेपालीले गरेकी थिईन् ।

सोही अवसरमा जनजागरण आमा समुहको साधारण सभा पनि सम्पन्न भएको छ । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको सभाले समुहको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गर्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ