गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गरे ।
‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय छ ।’ भट्टले भने – ‘पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति ईमान्दारिता प्रदर्शन गरिरहेका छन् । नेपाली मिडियाले समकालीन परिप्रेक्ष्यमा असल अभिभावकीय भूमिका निर्वाह गर्दै राष्ट्र निर्माण प्रक्रियामा अभियन्ताको रूपमा उभ्याउँदै लैजानुपर्छ ।’
प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै उनले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
‘आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको छ । नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् छ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै उनले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहनुपर्ने उल्लेख गरे ।
‘पहिले साधनस्रोत, प्रविधिको अभावमा पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्दथे । औपचारिक शिक्षाको कमि भएतापनि पत्रकारहरुको निजी मिहिनेत र परिश्रमले समाचारको गुणात्मकता थियो । हिजो पेशागत मान प्रतिष्ठा र इज्जत थियो । तर आजभोलि डिजिटल प्रविधि, साधनस्रोतको पर्याप्तता हुँदाहुँदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ ।’ उनले भने ।
समाज नै ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेशन’ ले पीडित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले लोकतान्त्रिक समाजका लागि नकारात्मकता र कुप्रचार चिन्ताको विषय रहेको बताउनुभयो । भट्टले भने – ‘मिडियाभित्रको ‘सेन्सरशीप’ संयन्त्र मजबुत हुनुपर्दछ । र, त्यो भन्दा बढी सेल्फ सेन्सरशीपमा ख्याल गर्नुपर्दछ । यहाँको पत्रकारितालाई मैले नियालिरहेको पनि छु ।’
गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण नै पत्रकारहरु सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण पनि उनले गरे ।
प्रदेश प्रमुख भट्टले पुरस्कृत पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई बधाई पनि ज्ञापन गरे ।
‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन् । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुवै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगाएतबाट सम्मानित भइ सकेका छन् ।
क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन् । आमसञ्चार र पत्रकारिता एवम समाजशास्त्रमा स्नाकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चमबाट विभुषित , नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित स्व।जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार,प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगाएतका पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।
पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रिय छन् भने अधिकारी रेडियो सफलता १०३।४ मेगाहर्जमा आवद्ध छन् । २०५४ सालदेखि वितरण थालिएकोमा यसअघि २७ पत्रकार पुरस्कृत भइसकेका छन् । पछिल्लो समय ३ लाख थपेर कुल ४ लाखको अक्षयकोष स्थापना गरी राष्ट्रियस्तरको पुरस्कार बनाइएको स्व. भण्डारीका कान्छा सुपुत्र सन्तोष भण्डारीले बताए ।
प्रेस स्वतन्त्रता सेनानि एवम महासंघ कास्कीका पुर्व अध्यक्ष माधव शर्माले सृजनशिलता संगै पत्रकार निर्भिक हुनु पर्ने बताए । स्वतन्त्रताको परिभाषा आवारापन नभएको बताउदै पत्रकारितामा संयमता सहितको स्वतन्त्रताको आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अंगको रुपमा परिभाषा गरे पनि आमसंचार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गरे ।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय सहित शुभकामना दिए । सम्मानित केशव पाठक र दुर्गा अधिकारीले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशिल हुने उर्जा मिलेको बताउदै आभार प्रकट गरे । महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भूपाल गुरूङले गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’