पोखरा २७ का वडाध्यक्षको परिवारबाट विद्यालयमा २ लाखको अक्षयकोष

पोखरा २७ का वडाध्यक्षको परिवारबाट विद्यालयमा २ लाखको अक्षयकोष

Akshyakosh news photo

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रबार विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् ।

वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमर बहादुर गुरुङ र दाजु स्व धन बहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् ।

गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले बुबा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैंक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए। सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदार मेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैया सहयोग गरे । यस्तै अर्का समाज सेवी रामबहादुर गुरुङ ढल्केले नगद पन्ध्र हजार रुपैया सहयोग गरका थिए ।

कार्यक्रममा बोल्दै लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिंदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ