पोखरा । पोखरा १५ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ९ मा शनिबार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोग, पोखरा ९ स्थित चण्डिका आमा समूहको व्यवस्थापन र पोखरा महानगरपालिका वडा नं ९ कार्यलयको समन्वयमा कार्यक्रम गरिएको हो । शिविरबाट ६८ जना लाभान्वित भएका छन् ।
शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले यस्ता कार्यक्रमले स्थानीय सरकारलाई सहयोग हुने उल्लेख गरे। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघले सरकार, संघसंस्था र समुदायसँग सहकार्य गर्न चाहेको बताए ।
कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ व्यवस्थापक बृहस्पती अधिकारी, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी लगायतले बोलेका थिए ।
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नव राज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा चण्डिका आमा समूहकी अध्यक्ष सीता नेपालीले स्वागत र संगम बचत तथा ऋण सहकारीकी संचालक विष्णुमाया थापाले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो