पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी कास्कीले ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीले नेपालका कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पुर्याए,’उनले भने, ‘मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली हो ।’
उनले राष्ट्रियताको रक्षा र देशको समग्र विकासमा सरकारले ध्यान दिएको बताए । एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाएको समेत उनले दावी गरे । अधोगतिमा लागेको अर्थतन्त्रलाई सुधारको लागि प्रयास भएको उल्लेख गर्दै उनले सरकारले सडक पूर्वाधार, विमानस्थल लगायत गौरवयोग्य काम गरेको उल्लेख गरे ।
वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक प्रवचन सहितको कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारीले ज्येष्ठ कम्युनिस्टले बनाएको जस्तै अवस्थामा अहिले पार्टी रहेको सुनाए । सोही कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका ३ सय ५० ज्येष्ठ कम्युनिष्टहरूलाई सम्मान गरिएको थियो ।
यस्तै, पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाइ, शालिकमा माल्यार्पणसँगै जवजको विशेषता वाचन कार्यक्रम गरिएको छ ।

यसैगरी, ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेश कमिटीको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भयो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ