पाेखरा नदीपुरमा अवस्थित अग्रणी विद्यालय प्रतिभा माविले अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम ‘मीट एण्ड ग्रीट’ गरेकाे छ ।
नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरु र शिक्षिकशिक्षिकाहरुसँग विद्यालयमा नै सो कार्यक्रम गरिएको हो ।
विद्यालयका प्राचार्य किरण सापकाेटाले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नुका साथै अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासालाई सहजीकरण गरेका थिए ।

प्राचार्य सापकाेटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जाेड दिएकाे बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने उनकाे भनाई छ । उनले सबै बालबालिकाकाे सिक्ने क्षमता एकै किसिमकाे नहुने हुनाले आफ्नाे बच्चालाई अरुसँग तुलना गर्न नहुने बताए ।
कार्यक्रममा सिपिएस / सिपिआरएस काेअर्डिनेटर निर्मला सुवेदीले सिपिएस / सिपिआरएस विधिकाे बारेमा अभिभावकहरुलाई प्रष्ट पारिन् । विद्यालयले बालबालिकाकाे सर्वाङ्गिण विकास गर्ने उद्देश्यले साे विधिबाट अध्यापन गराउने गरेकाे उनकाे भनाई छ ।

कार्यक्रममा विद्यालयले अभिभावकबाट गरेका अपेक्षा र अभिभावकहरुले पनि विद्यालयबाट गरेका अपेक्षाहरुबिच छलफल भएकाे थियाे । उपस्थित अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनले आआफ्नो ठाउँबाट कर्तव्यबोध गरि बालबालिकाहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा अभिभावकहरुबीचमा क्विज तथा विभिन्न खेलहरु सञ्चालन गरिएकाे थियाे भने विजेता अभिभावकलाई पुरस्कृत समेत गरिएकाे थियाे ।

शिक्षिकाहरुले नृत्यसँगै स्वागत तथा बिदाई गीत गाएका थिए भने बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । बालबालिकालाई अभिभावक र विद्यालयमा कस्ताे वातावरण चाहिन्छ भन्ने जानकारीमुलक नाटक पनि कार्यक्रममा मञ्चन गरिएकाे थियाे भने शिक्षिका मिना रानाभाटले कविता वाचन समेत गरेकी थिईन् ।

शिक्षिकाद्वय शैली ताम्राकार र रभिना थापाले सञ्चालन गरेकाे कार्यक्रमको स्वागत विद्यालयका सह-प्राचार्य प्रदिप खनाल र धन्यवाद ज्ञापन फाईनान्स डिरेक्टर विश्वगाेपाल पराजुलीले गरेका थिए । कार्यक्रममा विद्यालयका एमडी सन्देश पौडेलको पनि उपस्थिति थियो ।

सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?