पोखरा: गण्डकी प्रदेश प्रहरीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाएको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा खतरालाई न्यूनिकरण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसपी नवराज भट्टले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रभावकारी रूपमा दुरुस्त कारबाही र शिघ्र सेवाका साथै सहज पहुँचको व्यवस्था मिलाइएको छ । ‘हाम्रो नियमित चेकजाँच त भइहाल्छ,’ उनले भने ‘नियमित भन्दा केही बढि सक्रियता बढाइएको छ । चाडवाडलाई मध्यनजर गर्दै मानिसको फ्लो धेरै हुने ठाउँमा पुलिसको उपस्थिती बढेको छ । नाकाहरुमा पनि चेकजाँच बढाइएको छ ।’ उनले यो समयमा धेरै चहलपहल हुने तनहुँ लगायतका जिल्लाहरुमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच सुरु गरेको जानकारी दिए ।
चाडपर्वको समयमा मानिसहरूको बढी भीडभाड हुने स्थानहरू घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, वित्तीय सस्था, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिने प्रहरीले जनाएको छ ।
घटना भएको स्थानमा तत्कालै पुग्ने गरी विभिन्न मोबाइल टोली पनि तयार गर्ने तयारीमा प्रहरी जुटेको छ । चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सुरक्षा सतर्कता बढाउन प्रदेशका ११ वटै सुरक्षाका अंगहरुमा पत्रचार भइसकेको भट्टले बताए । ‘हाम्रो जिल्ला र जिल्ला मातहतका सबै इकाइहरुलाई अरुबेला भन्दा बढि सुरक्षा सतर्कता अपनाउन पत्रचार गरिसकिएको छ,’ उनले भने ‘हरेक जिल्लाले आफ्नो आफ्नो सुरक्षा योजना बनाइरहेका छन् । नाकाहरु मुग्लीन, त्रिवेणी, राम्दी लगायतका क्षेत्रमा निगरानी बढाएका छौँ ।’
कास्की, तनहुँ लगायतका जिल्लामा तालीम प्राप्त कुकुरसँगै चेकजाँच गरिएको उनको भनाई छ । सुरक्षा सतर्कता बढाउन चीनसँग जोडिएका र भारतसँग जोडिएको नाकाहरुमा पनि चेकजाँच बढाइएको उनले जानकारी दिए । प्रदेश प्रहरीले चाडवाड सुरक्षा योजना नै तयार गरेर चेकजाँचको काम गरिरहेको उनको भनाई छ । उनले प्रहरीको सुरक्षा चेकजाँचमा सबैले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस
पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला