गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

बजेट तयारी

गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

जेठ १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी

pradesh pramukh pramanikaran

पोखरा । गण्डकी प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ देखि सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार अधिवेशन आह्वान गरेका हुन् ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले ११ गते दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख कार्यालयमा आइतबार सिफारिस पत्र प्राप्त भएपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता उपसचिव रामेश्वर अर्यालले जानकारी दिए ।

यस अधिवेशनमा मुख्यतः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ । प्रदेश सभाको पछिल्लो अधिवेशन दुई महिना चलेर गत चैत २६ मा अन्त्य भएको थियो ।

सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले जेठ ११ गतेबाट आठौं अधिवेशन आह्वान भएको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङका अनुसार जेठ १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ । प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ लिएर अहिले बजेट निर्माणको काम गरिरहेको छ ।

बजेट निर्माणको काम चलिरहँदा यतिबेला सबैजसो मन्त्रालयहरुमा योजना माग गर्दै कागजात लिएर पुग्नेहरुको लर्को लागिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सामाजिक विकास, अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, कृषि मन्त्रालय लगायतमा योजनाका फाइल बोकेर नेता–कार्यकर्ताहरु पुगिरहेका छन् ।

३२ अर्ब ९७ करोड ८५ लाखको चालु बजेट ल्याएको सरकारको यसपटक भने आकार घट्ने भएको छ । अहिले करिब २९ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने गरी मन्त्रालयहरुमा सिलिङ दिएर योजना छनोटको काम भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ