पोखरा । जगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निःशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।
गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक पेश गर्दै सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा युआरएल अघि बढेको जनाए ।
उनले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले सचेतनासँगै गुणस्तीय जाँचको महत्व र समय समयमा जाँच गर्ने बानी विकास गराउन युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै शिविरहरुमा सहभागिता जनाउँदै आएको बताए । समाजसेवी भोला बरालले युआरएलको सेवाले राजधानी र विदेश उपचारका लागि जानुपर्ने बिरामीलाई निकै सहज भएको सुनाए ।
समूहकी अध्यक्ष बकावली रञ्जित शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती बराल, सानु जोजिजू लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?