पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएमसिई) ले सार्वजनिक लेखा समितिको प्रतिवेदन उदृत गरेर प्रकाशन भएका सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ ।
सीएमसीईले आज गोरखापत्रमा विज्ञप्ति प्रकाशन गर्दै समितिको प्रतिवेदनमा थुप्रै त्रुटि रहेको भन्दै गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव रहेको उल्लेख गरेको छ ।
सिएमसिईको विज्ञप्तिमा भनिएको छ– ‘लेखा समितिको प्रतिवेदनमा हाम्रो कम्पनी सम्बन्धी विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैन । उक्त प्रतिवेदनलाई उदृत गरी प्रकाशित गरिएको परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र गम्भीर रूपमा चिन्ता लागेको छ ।’

कम्पनीले व्यावसायिक र जिम्मेवार अन्तर्राष्ट्रिय इन्जिनियरिङ ठेकेदारका रूपमा विमानस्थल परियोजनाको बोलपत्र, सम्झौता र कार्यान्वयन चरणमा नेपाल सरकारको सम्पूर्ण कानूनी र नियामक आवश्यकता कडाइपूर्वक पालना गरेको भन्दै सबै दस्तावेज सुरक्षित रहेको समेत जनाएको छ । पोखरा विमानस्थल नेपालको सबैभन्दा आधुनिक विमानस्थल भएको उल्लेख गर्दै २८ महिना लगातार सञ्चालन हुँदा शून्य घटना रहेको समेत जनाएको छ ।
कम्पनीले कर सम्बन्धी मामिलामा नेपाल र चीन सरकारबीच हस्ताक्षर गरिएको कार्यान्वयन गरिएको प्रावधानलाई कडाइका साथ पालना गरिएको भन्दै सरकारदेखि सहकारी परियोजनामा कर छुट गर्नु अन्तर्राष्ट्रिय प्रचलित मानक भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला