ढोरपाटनका मेयर नेपालीलाई सूर्यदर्शन सहकारी ठगीमा २० लाख धरौटीमा छोड्न आदेश

सहकारी ठगी प्रकरणः

ढोरपाटनका मेयर नेपालीलाई सूर्यदर्शन सहकारी ठगीमा २० लाख धरौटीमा छोड्न आदेश

इमेज सहकारी ठगीका कारण थुनामै रहने

Devkumar Nepali Baglung

पोखरा । ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा थुनामा रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भने २० लाख धरौटी माग भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई सूर्यदर्शन सहकारीका हकमा २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् ।

धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।

सोही आदेशअनुसार कारागारमै छन् । उनीविरुद्ध कास्की अदालतमासमेत इमेज सहकारी ठगी प्रकरणको मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।

पोखरा र बागलुङमा गरी दुइटा सहकारीबाट नेपालीले २ अर्ब ठगी गरेर बचतकर्ताको बिचल्ली पारेका छन् ।

छानबिनका क्रममा सहकारी ठगी अभियोग लागेपछि मेयर नेपाली १६ महिना भारतमा लुगेर बसेका थिए । नेपाल प्रहरीले उनलाई गत असोज ११ गते नयाँ दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ