पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार)देखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनी बिहान ११ः३० बजे पोखरा आउने तयारी छ ।
प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका छन् ।
महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ । महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ ।
जेठ ११ सम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार जना प्रतिनिधि छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन