गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड शेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
पोखरामा बिरोध कार्यक्रम गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले आफूहरुको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिएका हुन् ।
यदि आफूहरुको माग सम्बोधन गर्ने बिषयमा प्रदेश सरकार गम्भिर नभए जेठ १६ गते देखि देशव्यापी रुपमा महासंघ केन्द्रको समेत समन्वयमा यातायात सेवा प्रभावित हुने महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले बताए ।
आफूहरुको मागको बिषयमा महासंघ केन्द्रले समेत संघिय सरकारलाई समेत ध्यानाकर्षण पत्र बुझाएको माग पूरा नभएसम्म अब आफूहरु आन्दोलनमा उत्रिनुको विकल्प नभएको उनले जनाए ।
अबौं लगानी गरेको यातायात क्षेत्रमा कमिसन र बिचौलियाको भरमा यात्रुलाई उच्च जोखिममा पार्दै प्रदेश सरकारले ल्याएको उक्त नियमावली खारेजी नभएसम्म आफहरुको आन्दोलन जारी रहने महासंघ गण्डकीले जनाएको छ ।
राइड शेयरिङ गर्दै आएका चालकहरूले भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरी धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?