पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आबद्ध घटक संघहरूको गण्डकी प्रदेश अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट विभिन्न घटक संघहरूको नयाँ नेतृत्व चयन भएको छ । चिकित्सा प्रयोगशालाकर्मी संघमा मिनप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।
ओरल हेल्थ संघमा दीपेन्द्र पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति, नर्सिङ संघमा क्षेत्र कुमारी रोकाको नेतृत्वमा १५ सदस्यीय समिति, आयुर्वेद संघमा डा. निवस बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय समिति र फार्मेसी संघमा रुद्ररमण रेग्मीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रमममा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन २०८१ मा अध्यक्षमा विजयी प्रतिभा भण्डारी, उपाध्यक्ष नीता प्रधान, सचिव सलिना श्रेष्ठ, सहायक सचिव मनिका बस्नेत, कोषाध्यक्ष कुसुम गौतम तथा सदस्यहरू दिपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाई मगर, एन्जिला वराल, उज्ज्वल यादव र प्रतिक्षा पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि थिए । त्यस्तै, गण्डकी प्रदेशका वर्तमान स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक विशिष्ट अतिथि थिए ।
अधिवेशनमा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनन्जय दवाडी, कपिल पोख्रेल, डा. बुद्धिमान श्रेष्ठ, बैनबहादुर अधिकारी क्षेत्री, लक्ष्मण बसौला, रामप्रसाद खनाल, डिल्ली आचार्य, तेज सुवेदी, बालकृष्ण लामिछाने, रेखा थपलियालगायत पार्टी तथा संगठनका नेताहरूको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन गण्डकी प्रदेश सचिव प्रितम थापाले गरेका थिए भने अध्यक्षता महासंघका उपाध्यक्ष तथा घटकका संघ समन्वय संयोजक रविन्द्र शर्मा बस्ताकोटीले गरेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु