पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले अभिभावकहरूसँग भएको ज्ञान, सीप, क्षमता र पेसा व्यवसायबाट प्राप्त गरेका ज्ञान र आफूले सिकेका अनुभवहरू आफ्ना छोराछोरीलाई दिनुपर्नेमा जोड दिँदै प्रतिभा मावि एउटा संस्था नभएर शिक्षा कर्ममा लागेका मान्छेहरूको सपना भएको बताए ।
कार्यक्रममा विशेष अतिथि विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मीले विद्यालयले हरेक क्षेत्रमा गरेको कामप्रति आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालय पोखराको आकाशमा मात्र नभएर देशभरिकै उत्कृष्ट विद्यालयको रुपमा रहेको बताए ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयले वर्ष २०८२ का लागि विभिन्न विधामा शिक्षकहरूलाई इन्चार्ज, तथा विभागीय प्रमुखको जिम्मेवारी समेत तोकिएको थियो ।
कार्यक्रमा कक्षा १० मा अध्यनरत लक्षिता रानाले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सह प्रचार्य प्रदीप खनालले गरेका थिए । उक्त कार्यक्रममा शैक्षिकसत्र २०८१ का शैक्षिक पुरस्कार वितरणसमेत गरेको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’