स्याङ्जामा स्वरुप परिवर्तन(मोडिफाई) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियमित चेकजाँचका क्रममा चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँडेको बा ६८ प ३०७९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
शनिबार यहाँको फेदीखोला गाउँपालिका – १ रामकोटस्थितबाट चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँडेको उक्त सवारीसाधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पूर्वाधार विकास कार्यालय (यातायात शाखा), स्याङ्जामा पठाइएको प्रवक्ता चौधरीले बताए ।
यस्तै, नियमित चेकजाँचमा निरन्तर रुपमा कारबाही गर्दै आएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अभियान नै चलाएर स्वरुप परिवर्तन गरी चलाउने सवारीसाधनका चालकलाई कारबाही समेत गर्ने स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले बताए ।
साथै कसैले स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण हुने गरी सवारीसाधन चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ नम्बरमा टेलिफोन गरी सूचना दिनका लागि प्रहरीले अनुरोधसमेत गरेको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’