पोखरा महानगरपालिका वडा नं. १५ मा तीन दिने महिला सशक्तिकरण तथा क्षमता विकास तालिम आयोजना भएको छ ।
तालिममा बोल्दै पोखरा १५ का वडा सदस्य बलराम पौडेलले तीन दिने तालिम कार्यक्रमलाई फलदायी रहने विश्वास व्यक्त गरे । महिला दिदी बहिनीहरुकाे क्षमता विकास गर्ने र उनीहरूलाई अगाडि बढ्नको लागि उत्पेरणा प्रदान गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको उनले बताए । तीन दिनको तालिम पश्चात् सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अगाडि बढ्न जोड पनि दिए ।

पोखरा १५ को वडासदस्य सेतीमाया गुरुङले विभिन्न आमा समूहको आग्रह र आफ्नो पहलमा तालिम ल्याउन सफल भएको भन्दै यसको पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरिन् । वडा निरन्तर रुपमा विभिन्न तालिम आयोजना गर्ने भएकोले त्यस्ता तालिममा सहभागी बनेर आफ्नो क्षमता विकास गर्नुपर्नेमा उनको जोड थियो ।
शिवशक्ति आमा समूहकी अध्यक्ष बेलमाया गुरुङले आफ्नै ठाउँमा वडाले तालिम आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । सबैको सक्रिय सभागिताले तालिम फलदायी बनेको उनले बताइन् ।
तालिम आयोजना गरेकोमा पोखरा १५ का जनप्रतिनिधि र वडा कार्यालयलाई पनि उनले धन्यवाद व्यक्त गरिन् । पोखरा १५ वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा निर्मल टोल एकता आमा समूह, शिवशक्ति आमा समूह, फूलबारी आमा समूह, भगवती टार आमा समूह, सहज मार्ग संरचना टोल आमा समूहबाट प्रतिनिधिमूलक सहभागिता भएको थियो ।

वडाको वार्षिक कार्यक्रम अन्तरगत विभिन्न टोल टोलमा पुगेर यस्ता तालिमको आयोजना भैरहेको वडा सचिव युवराज पौडेलले जानकारी दिए । टोल विकास संस्था आमा समूह, युवा क्लब लगायतको आग्रह अनुसार वडाले क्षमता विकास र सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिइरहेको उनको भनाइ छ ।
तालिममा ५० जनाको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो