पोखरा । गत जेठ १२ गते रातको समयमा १०ः५० बजेतिर पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा एक यौनिक अल्पसंख्यक व्यक्ति सवारीको ठक्करबाट घाइते भए ।
घाइते हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी हुन् ।
तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई अस्पताल पठायो । तर, दुई दिनपछि जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको निधन भयो ।
‘हिट एण्ड रन’ केसमा संलग्न स्कूटर चालक बुधबार पक्राउ परे । स्कुटर चालक हुन् काठमाण्डौ २६ बस्ने वर्ष ३३ को समिर राज महर्जन । उनलाई पोखरा ११ फूलबारीबाट प्र.३–०२–००७ प २०२९ नं. को स्कुटर सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
कास्की जिल्ला अदालतबाट सवारी ज्यान सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
यद्यपी, स्कुटर चालक समिरले भने आफू अगाडि रहेको बोलेरोले ठक्कर दिएको बताएका छन् । समिरका परिवार गण्डकन्यूजको सम्पर्कमा आई प्रहरीले बोलेरो नखोजी पछाडि रहेको स्कुटरलाई दोषी बनाएर मुद्धा दर्ता गरेको आरोप लगाएको छ ।
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो