फेवाताल वरपरको १४ हजार ५७० रोपनी संरक्षित क्षेत्र घोषित

फेवाताल वरपरको १४ हजार ५७० रोपनी संरक्षित क्षेत्र घोषित

Fewa Lake Manshant ghimire

तस्वीरः मनशान्त घिमिरे

पोखरा । पोखराको फेवाताल वरपरको ठाउँलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त प्रयासमा सीमाङ्कन र नापजाँचपछि फेवाताल वरपरको १४ हजार ५७० रोपनीलाई संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

दुई वर्षअघि (२०८० असार ४ गते) सर्वोच्च अदालतले दिएको परमादेशअनुसार तालको उच्चतम जलस्तर ७५४।५५ मिटरलाई आधार मानी त्यसबाट ६५ मिटर वरपरको क्षेत्रलाई हरियाली क्षेत्र बनाउने योजना अघि बढाइएको छ ।

यो क्षेत्रमा रहेका घर, होटल, रेस्टुराँ, व्यापारिक भवनलगायत सबै संरचना ६ महिनाभित्र हटाउनुपर्नेछ । फेवातालको जलाधार क्षेत्र १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम गरिएको छ । त्यसमा ६५ मिटर थप्दा संरक्षण क्षेत्रको आकार १४ हजार ५७० रोपनी भएको हो ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षे जलस्तरको रेकर्ड तथा विगतका नक्साहरूको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा संरक्षण कार्य व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

सर्वोच्च अदालतको परमादेशले २०३१ सालसम्म फेवाताल क्षेत्रमा दर्ता भएका व्यक्तिगत, संस्थागत, सरकारी वा सार्वजनिक नामका सबै जग्गाको दर्ता खारेज गरी फेवातालको नाममा कायम गर्न आदेश दिएको छ । सो अवधिमा दर्ता भएका जग्गाका लागि कुनै मुआब्जा दिइने छैन । २०३१ पछिका दर्ता तथा संरचनाहरूका लागि भने कानुन अनुसार मुआब्जा प्रदान गरिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ