जुरेभूमि युवा क्लब पोखराको रक्तदानमा ५६ युनिट संकलन

जुरेभूमि युवा क्लब पोखराको रक्तदानमा ५६ युनिट संकलन

निरन्तरता दिइने

blood don

पोखरा । कास्कीको मादी–६ स्थित जुरेभूमि युवा क्लबको आयोजनामा पोखरा–१३ स्थित काहुखोला (तल्लो बसपार्क) मा शनिबार भएको रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बेद बहादुर गुरुङ (श्याम) ले जुरेभूमि युवा क्लबको प्रयासको प्रशंसा गर्दै क्लबले समाजमा सकारात्मक सन्देश दिन सफल भएको बताए।

उनले युवाहरूले विकृति, विसंगति विरुद्धको अभियानमा मात्र होइन, मानवसेवाका क्षेत्रमा पनि यस्ता आयोजनामार्फत् उदाहरणीय योगदान दिइरहेको उल्लेख गरे।

क्लबका अध्यक्ष गंगाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१३ का संस्थापक वडा अध्यक्ष  दर्शन लामा, मादी–६ की वडाध्यक्ष शान्ति क्षेत्री, मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, मादी–६ का पूर्व वडा अध्यक्ष पस बहादुर बास्तोलालगायतको उपस्थिति थियो।

क्लब अध्यक्ष बरालले आगामी दिनहरूमा यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

क्लब सल्लाहकार समिति सदस्य रवि क्षेत्रीले युवाहरूको यथार्थ सेवाभावनाले समाजमा प्रेरणा फैलाउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य अनिल पौडेलले गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ