पोखरा । ७५ औँ अन्नपूण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र प्रवेस गरेको छ ।
पोखराबाट हिडेको टोली शनिबार अन्नपूर्ण गाउँपालिका म्याग्दीको वडानम्बर चार नार्च्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए ।
हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागि भएको छ । भने पोखराबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी, संचारकर्मीसहितको ६० जना सहभागि छन् ।
पदयात्रीको स्वागतको लागि आयोजना गरिएको औपचारीक कार्यक्रममा फ्रान्सेली टोलीले फ्रान्सको क्लासिकल संगित प्रस्तुत गरेको थियो ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारत कुमार पुनले हर्जोगले नर्थबाट हिमाल आरोहण गरे पनि यस क्षेत्रको प्रचार प्रसार हुन नसकेको गुनासो गरे । पुनले यस क्षेत्रको पर्यटन प्रवद्धनका लागि सबैको साथको आशा गरेको बताए ।
औपचारीक कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि राज लामिछानेले अन्नपूर्ण दिवसमा अन्नपूर्ण नर्थको प्रचार प्रसारका लागि पदयात्रा गर्न लागिएको बताए । मौरिस हर्जोगले सन् १९५० हिमाल आरोहण वारे द अन्नपूर्ण किताब प्रकासन भए पछि यस क्षेत्रमा पर्यटनको विकास सुरुवात भएको लामिछानेले बताए ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले मौरिसका छोरा र परिवार सहितको टोली अन्नपूर्ण दिवस मनाउन आएको बताए । अन्नपूर्ण बेसक्याम्प साउथमा पर्यटकको चाप राम्रो रहे पनि नर्थमा भने पर्यटक आगमन कम रहेको र यसलाई प्रचारप्रसार गर्न टानले पर्यटन बोर्डसंग मिलेर काम गर्ने आचार्यको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका लगायत पर्यटनसंग सम्बन्धित संघ–संस्थाको व्यवस्थापनमा यस वर्ष अन्नपूर्ण (नर्थ) को आधर शिविरमा विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउन लागिएको हो ।
जुन थर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हर्जोग लगायतका आरोहीको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । यस्तै आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको समेत उद्याटन गरिने छ ।
फ्रान्सका मौरिस हर्जोले विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल पहिलो पटक आरोहण गरेको दिनको संझनामा हरेक वर्ष जुन थर्डमा दिवस मनाउने गरिएको छ ।मौरिस हर्जो विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो फ्रान्सेली आरोही हुन् । सन् १९५० जुन ३ तारिखमा हर्जोग र लुइस लचेनले अन्नपूर्ण आरोहण गरेर इतिहास रचेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु