पोखरा । पोखरा-९ वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नि:शुल्क हेयर कटिङ कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तरगत व्यवसायीक तथा सिप विकास तालिम केन्द्रमा आवद्द भई सिप हाँसिल गरिरहेका सिकारू र प्रशिक्षकद्वारा विद्यालयमा अध्ययनरत १०० जना छात्रहरुको नि:शुल्क रुपमा कपाल काट्ने कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा मनपा वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष विक्रम थकालीले गरेका थिए भने सहयोगी संस्थाका प्रशिक्षक सागर रामदाम, जनप्रतिनिधी नन्दराम गिरि, विद्यालयका सदस्य शुशिल लामिछाने, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षक सागर पौडेलले गरेका थिए भने सहयोगी हरुको तर्फवाट शिषिर व्युटि पार्लर तथा ट्रेनिङ सेन्टरका सञ्चालक शिषिर गोदार थापाले मन्तब्य राखेकी थिइन् ।मन्तव्यका क्रममा गोदारले आगमी दिनमा पनि विद्यालयमा यस किसिमको कार्यक्रम ल्याइ सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र मर्सानीले यस किसिमको कार्यक्रमले कमजोर पारिवारिक अवस्था भएका छात्रहरु लाभान्वित भएकोमा सामाजिक विकास मन्त्रालय लागएत सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
सोहि क्रममा राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको नेपाल कुराँस संघ द्वारा जेठ १५ र १६ मा काठमाडौमा आयोजना गरिएको चौँथो राष्ट्रिय कुराँस च्याम्पियनसिप २०८२ प्रतियोगितामा गण्डकी प्रदेशवाट सहभागी ३५ के.जी तर्फ द्वितिय हुन सफल कक्षा ७ मा अध्ययनरत छात्रा जमुना श्रेष्ठ र ४० के.जी तर्फ तृतीय हुन सफल कक्षा ८ मा अध्ययनरत छात्रा गंगा श्रेष्ठलाई हौसला सहित सम्मान पनि गरियो ।
कार्यक्रमको समापन मन्तव्यका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले विद्यालयको समग्र परिवेश वारे जानकारी गराउँदै अव्यवस्थीत वस्तिका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुको नि:शुल्क रुपमा कपाल काटि सहयोग प्रदान गर्ने सहयोगीहरु लाई हार्दिक धन्यवाद दिँदै विभिन्न समयमा विद्यालयलाई सहायता प्रदान गर्ने दाताहरुलाई समेत कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सो किसिमको कार्यक्रम विद्यालयमा ल्याउन आह्वान गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा व्यवसायीक तथा सिप विकास तालिम केन्द्रमा आवद्द २३ जना प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’