सिडिओ पाण्डेको सरूवा, रूद्रादेवी शर्मालाई कास्कीको कमाण्ड

सिडिओ पाण्डेको सरूवा, रूद्रादेवी शर्मालाई कास्कीको कमाण्ड

बागलुङकी शर्मा बर्दियाको सिडिओ थिइन्

rudra sharma

गृह मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत ६ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ६ सहसचिवको सरुवा गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएसँगै उनको स्थानमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई खटाइएको हो ।उनीले बर्दियाबाहेक रामेछाप, गुल्मी र काभ्रेपलाञ्‍चोकमा समेत प्रजिअ भएर जिल्ला हाँकिसकेकी छन् ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई भने बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई मन्त्रालयमा तानेर मन्त्रालयमै जिम्मेवारीविहीन अवस्थामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै पाँचथरको रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई भने यस अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइसकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ