गृह मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत ६ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ६ सहसचिवको सरुवा गरेका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएसँगै उनको स्थानमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई खटाइएको हो ।उनीले बर्दियाबाहेक रामेछाप, गुल्मी र काभ्रेपलाञ्चोकमा समेत प्रजिअ भएर जिल्ला हाँकिसकेकी छन् ।
मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई भने बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई मन्त्रालयमा तानेर मन्त्रालयमै जिम्मेवारीविहीन अवस्थामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै पाँचथरको रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई भने यस अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइसकिएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस