पत्रकारलाई फोटो तथा मोबाइल पत्रकारिता तालिम

पत्रकारलाई फोटो तथा मोबाइल पत्रकारिता तालिम

fnj-pho1

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससँगै पत्रकारिता वृहत बन्दै गएको बताए ।

उनले पत्रकारितालाई प्रविधिमैत्री बनाउनको लागि यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा पनि उतार्न पनि आग्रह गरे ।

फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउँदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनुपर्ने बताए ।

तालिमको पहिलो दिन सहजिकरण गर्दै वरिष्ठ फोटो पत्रकार एवंम संरक्षणकर्मी कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसंहिता पालनासहित फोटो पत्रकारिता गर्दा आफूले भोगेका चुनौतीका बारेमा अनुभव सुनाए ।

दिस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वातग महासंघका उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।

तीन दिनसम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७० जना पत्रकार एवं संचारकर्मीको सहभागिता छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ