पोखरा । कास्की नेत्रहिन संघले सोमबार लेखनाथमा आयोजना गरेको अपाङ्गता सचेतना सम्वन्धि लोक गित प्रतियोगितामा उर्जाशिल नेत्रहिन महिला समूह पोखरा—२६ प्रथम भएको छ ।
प्रतियोगितामा नेत्रहिन महिला समूहले दोश्रो स्थान हासिल गरेको छ भने तृतिय स्थान नमूना आमा समूह पोखरा—२६, रिठ्ठेपानीले प्राप्त गरेको छ । प्रतियोगितामा नेत्रहिन युवा संघ बुढिबजारले सान्तवना स्थान हासिल गरेको छ ।
बिजेता समूह प्रथमलाई १० हजार, द्धितियलाई सात हजार, तृतियलाई पाँच हजार र सान्तवना हुनेलाई तीन हजार रुपैया पुरस्कार र प्रमाणपत्र बितरण गरिएको छ ।पुरस्कार बितरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले भौतिक पूर्वाधारको स्तरोन्नतीले मात्र विकासको मापन नहुने उल्लेख गर्दै, मानविय संसाधनको बिकासमा ध्यान दिनु पर्ने बताए।
वडा अध्यक्ष थापाले अपाङ्ग प्रति विभेद भन्दा पनि अवसरको खाँचो रहेको स्पष्ट पार्दै, क्षमता भएर पनि अपाङ्गताका कारण कतिपय अवसरहरु गुमेको उल्लेख गर्नु भयो । उहाँले अपाङ्ग नागरिकका लागि राज्यले सुरक्षित जीवनको ग्यारेन्टी गर्नु पर्नेमा जोड दिए। अपाङ्गता सम्वन्धि जनचेतनामुलक कार्यक्रमले सपाङ्ग नागरिकका लागि बुझाईको अवसर मिलेको बताए।
वडा सदस्य सुजता बराल सुनारले सवै क्षेत्रलाई समेट्ने गरी वडाले बजेट विनियोजन गरेको उल्लेख गर्दै, महिलाको सशक्तीकरणका लागि क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिईएको बताए।
पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटाले भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री हुनु पर्नेमा जोड दिदै, क्षमता अभिबृद्धि र उद्यमशिलताका कार्यक्रम संचालन गरी आत्मनिर्भर बनाउन सहयोग गर्नु पर्ने बताए।
कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, अपाङ्ग महासंघका रमेश पोखरेल, कास्की नेत्रहिन संघका उपाध्यक्ष अमृत बराल लगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष थापाले ४० जना दृष्टिविहिनलाई सेतो छडी, दुई जनालाई ह्वील चियर र पाँच जनालाई हेयर एड मेशिन वितरण गरेका थिए ।
प्रतियोगितामा वडा नंं २६ का महिला तथा आमा र दृष्टिविहिन सहित १४ समूहको सहभागिता रहेको थियो । लोकदोहोरी गायक शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा र रमेश पोखरेल निर्णायक रहनु भएको थियो । कार्यक्रम नेत्रहिन संघ कास्कीका सुनिता ज्ञवालीले संचालन गरेका थिए भने कार्यक्रम संयोजन शुशिल गोदारले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन