पोखरा । कास्की नेत्रहिन संघले सोमबार लेखनाथमा आयोजना गरेको अपाङ्गता सचेतना सम्वन्धि लोक गित प्रतियोगितामा उर्जाशिल नेत्रहिन महिला समूह पोखरा—२६ प्रथम भएको छ ।
प्रतियोगितामा नेत्रहिन महिला समूहले दोश्रो स्थान हासिल गरेको छ भने तृतिय स्थान नमूना आमा समूह पोखरा—२६, रिठ्ठेपानीले प्राप्त गरेको छ । प्रतियोगितामा नेत्रहिन युवा संघ बुढिबजारले सान्तवना स्थान हासिल गरेको छ ।
बिजेता समूह प्रथमलाई १० हजार, द्धितियलाई सात हजार, तृतियलाई पाँच हजार र सान्तवना हुनेलाई तीन हजार रुपैया पुरस्कार र प्रमाणपत्र बितरण गरिएको छ ।पुरस्कार बितरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले भौतिक पूर्वाधारको स्तरोन्नतीले मात्र विकासको मापन नहुने उल्लेख गर्दै, मानविय संसाधनको बिकासमा ध्यान दिनु पर्ने बताए।
वडा अध्यक्ष थापाले अपाङ्ग प्रति विभेद भन्दा पनि अवसरको खाँचो रहेको स्पष्ट पार्दै, क्षमता भएर पनि अपाङ्गताका कारण कतिपय अवसरहरु गुमेको उल्लेख गर्नु भयो । उहाँले अपाङ्ग नागरिकका लागि राज्यले सुरक्षित जीवनको ग्यारेन्टी गर्नु पर्नेमा जोड दिए। अपाङ्गता सम्वन्धि जनचेतनामुलक कार्यक्रमले सपाङ्ग नागरिकका लागि बुझाईको अवसर मिलेको बताए।
वडा सदस्य सुजता बराल सुनारले सवै क्षेत्रलाई समेट्ने गरी वडाले बजेट विनियोजन गरेको उल्लेख गर्दै, महिलाको सशक्तीकरणका लागि क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिईएको बताए।
पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटाले भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री हुनु पर्नेमा जोड दिदै, क्षमता अभिबृद्धि र उद्यमशिलताका कार्यक्रम संचालन गरी आत्मनिर्भर बनाउन सहयोग गर्नु पर्ने बताए।
कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, अपाङ्ग महासंघका रमेश पोखरेल, कास्की नेत्रहिन संघका उपाध्यक्ष अमृत बराल लगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष थापाले ४० जना दृष्टिविहिनलाई सेतो छडी, दुई जनालाई ह्वील चियर र पाँच जनालाई हेयर एड मेशिन वितरण गरेका थिए ।
प्रतियोगितामा वडा नंं २६ का महिला तथा आमा र दृष्टिविहिन सहित १४ समूहको सहभागिता रहेको थियो । लोकदोहोरी गायक शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा र रमेश पोखरेल निर्णायक रहनु भएको थियो । कार्यक्रम नेत्रहिन संघ कास्कीका सुनिता ज्ञवालीले संचालन गरेका थिए भने कार्यक्रम संयोजन शुशिल गोदारले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ