पोखरा । लायन्स क्लब अफ पोखरा टुुरिजम सिटीको अध्यक्षमा जसपाल पाख्रिन तामाङ चयन भएका छन् । क्लबको बुधबार सम्पन्न निवार्चन कार्यक्रमबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा घनश्याम गौतम, सचिबमा कविता योञ्जन, कोषाध्यक्षमा सुमन पुन चयन भएका छन् । यसैगरि सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु सुदिप पौडेल, निरन केसी, एकराज गिरी, निरज पन्त, किसन गिरी, विनय थापा चयन भएका छन् ।
सो अवसरमा क्लबका पूर्व अध्यक्ष निरन केसीले क्लब स्थापनाको एक दशकमा क्लबले बिभिन्न सामाजिक कार्यमा जोडिएको स्मरण गर्दै नयाँ नेतृत्वले सामाजिक कार्यमा आफ्नो असल भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष जसपाल तामाङले लायन्स क्लबको मर्म मुताविक शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा स्थानिय सरकारसंग हातेमालो गर्दै सामाजिक आवश्यकताको काम गर्ने प्रतिवद्धता जनाए ।
क्लबका पूर्व अध्यक्ष एकराज गिरीले समाजसेवा एकल भन्दा पनि समुहमा गर्दा प्रभावकारी हुने हुँदा क्लबको आवश्यकता भएको बताए । उनले लायन्स क्लबले नियमित भन्दा पनि आवश्यकतालाई मध्यनजर गदै प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । क्लबका सल्लाहकार सुदिप पौडेलले समाजमा अभावले घेरिएका व्यक्ति तथा परिवारको आवश्यकता पुरा गर्न सके क्लब स्थापना गर्नुको उद्धेश्य पुरा हुने बताए ।
कार्यक्रममा सल्लाहकारहरु एकराज गिरी, सुदिप पौडेल, भानु ढकाल लगायतले बोलेका थिए । क्लबका अध्यक्ष सन्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब घनश्याम गौतमले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’