पोखरा वडा नं. १५ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफमा रेन्बो प्रथम

अतिरिक्त क्रियाकलाप

पोखरा वडा नं. १५ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफमा रेन्बो प्रथम

pkr 15 quiz (1)

पोखराको वडा नं. १५ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा रेन्बो एकेडेमिक होमा विद्यार्थी प्रथम भएका छन् ।

वडा कार्यालयको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्दै रेन्बोले ८ हजार नगदसहित प्रमाणपत्र हात पार्न सफल बन्यो ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा एसओएस हर्मन माइनरका विद्यार्थी दोस्रो हुँदै नगद ६ हजार जिते ।

यस्तै, विभूति शिक्षा सदन तेस्रो हुँदै ४ हजार र सेन्ट मेरिज विद्यालयले सान्त्वना स्थान प्राप्त गर्दै ३ हजार हात पारेका वडा सचिव युवराज पौडेलले जानकारी दिए । उनका अनुसार वडाभित्रका १२ विद्यालयको सहभागिता रहेको थियो ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले यस्ता प्रतियोगिताले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फुटन हुन मद्धत पुग्ने भएकाले वडाले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । वडाका विद्यालयबीच आपसी सद्भाव वृद्धि हुने अपेक्षा पनि उनले गरे ।

वडा सदस्य आशिष भण्डारीका अनुसार आगामी शुक्रबार कक्षा ५ देखि ७ सम्मका विद्यार्थीबीच अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको तयारी गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ