स्याङ्जा प्रहरीले एकै दिन आठ जना फरार प्रतिवादी पक्राउ गरेको छ । यही जेठ २२ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन प्रहरी टोलीले विभिन्न स्थानबाट एकै दिन फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ परेकाहरु अदालतबाट बैंकिङ कसुर, चेक अनादर र कुटपिट मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका छन् । उनीहरु सबैलाई कैद भुक्तान तथा एक करोड एकसष्ठी लाख आठ हजार चार सय बयालीस रुपैयाँ जरिवाना असुलका लागि स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
बैंकिङ कसुरमा पक्राउ पर्नेहरुमध्ये भिम बहादुर विश्वकर्मालाई २३ दिन कैदका साथै ८० लाख रुपैयाँ जरिवाना, कमला केसीलाई ७९ लाख ८८ हजार रुपैयाँ जरिवाना, बत्ती विकलाई एक दिन कैदका साथै एक लाख रुपैयाँ जरिवाना र शिवलाल लम्साललाई १६ हजार ७५० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, चेक अनादर मुद्दामा पक्राउ परेकाहरुमध्ये झबनाथ भण्डारीलाई दुई हजार रुपैयाँ जरिवाना, अमराज गुरुङलाई एक हजार रुपैयाँ जरिवाना र गंगामाया गुरुङ्सेनीलाई पाँच सय ८२ रुपैयाँ जरिवाना साथै कुटपिट मुद्दामा पक्राउ परेका ढाल बहादुर सुनारलाई एक सय दस रुपैयाँ जरिवाना तोकिएको थियो ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।
यसअघि प्रहरीको इतिहासमै पहिलोपटक स्याङ्जा प्रहरीले लामो समयदेखि फरार रहेका एकैदिनमा एक सय एघार जना प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’