मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा प्रमुख जिल्ला अधिकारी शर्माको निरीक्षण

सडक योजना निरीक्षण

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा प्रमुख जिल्ला अधिकारी शर्माको निरीक्षण

अवरोध र जोखिम मूल्याङ्कन गर्दै समयमै कार्य सम्पन्न गर्न निर्देशन

cdo

पोखरा
कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको नेतृत्वमा मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत सेतीपुलदेखि कोत्रेसम्मका विभिन्न स्थानहरूको स्थलगत अवलोकन गरिएको छ।

सुरक्षा निकायका प्रमुख, सडक योजनाका आयोजना प्रमुखसहितको संयुक्त टोलीले आज स्थलगत निरीक्षण गरेको हो । निरीक्षणमा हालसम्मको प्रगति अवस्था, आगामी दिनमा सम्पन्न गर्नुपर्ने कार्यहरू, वर्षा यामअघि अपनाउनुपर्ने संयमता र विपद् जोखिम न्यूनीकरणका विषयमा अवलोकन गरिएको थियो ।

टोलीले निर्माणको गति, अवरोधहरू तथा सम्भावित जोखिमका बिन्दुहरूको विस्तृत रूपमा समीक्षा गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शर्माले समयमै निर्माण कार्य सम्पन्न गर्न र नागरिकको सुरक्षालाई ध्यानमा राख्दै कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ