पोखरा । पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् ।
भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।
भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामीण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु प्रयोग गरेका खाना खान पाउदा विदेशीहरु पनि नयाँ अनुभव हुने बताए ।
उनले पोखराको पर्यटन प्रवद्र्धन गर्न भिडियो प्रतियोगिता, पर्यटन प्रवद्र्धनका लागि भारत, चीन, बंगलादेश लगाएतका देशमा पर्यटन प्रवद्र्धनका लागि सेल्समिसन सन्चालन गर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य भुजेलले पर्यटन विकासका लागि सेवामा स्तरीयता कायम गर्नु पर्ने बताए । उनले तालिम आवश्यक परेरमा आफुहरुले सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार मंहासघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पञ्चासे क्षेत्र धार्मिक महत्वको क्षेत्रका साथै जैविक विविधताले महत्वपुर्ण भएको बताए । कार्यक्रममा हर्पन खोला संरक्षण समितिका अध्यक्ष रविन्द्र गुरुङ, मकनादेवी सामुदायीक होमस्टेका अध्यक्ष शिव घले लगाएतले प्रचार प्रसारको अभावमा पहिलेका पदमार्ग ओझेल पर्दै गएको बताए ।
पोखराको पृथ्वीचोक, हल्नचोक, पामेबजार, ठुलाखेत, घाटिछिना हुदै करिब ४० मिनेटमा पुग्न सकिन्छ । ३१ घरधुरी रहेको यो गाउँमा अहिले ५ घरमा होमस्टे संञ्चालन भएको छ भने अन्य थोरै घरमा मात्रै मानिसहरु बस्छन् । अन्य घर खाली छन् । होमस्टको प्रबद्र्धन गर्दै गाउँ मै फर्किनका लागि पे्ररित गर्न कार्यक्रमको आयोजना गरेको पञ्चासे फाउण्डेसनका अध्यक्ष नवराज पौडेलले बताए । पञ्चासे कास्की, पर्वत र स्याङजाको संगमस्थलका रुपमा लिइन्छ । पञ्चासे क्षेत्रमा ५५९ प्रजातिका बनस्पती १४३ प्रजातिका सुनाखरी पाइने पौडेलले बताए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’