पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अर्मलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडानम्बर १६ जोगिमनीमा रहेको अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरेको हो ।
शिविरमा तीन सय स्थानीयले स्वास्थ्य परिक्षण गरेको शिविरका संयोजक विक्रम बस्नेतले जानकारी दिए । सामाजिक उत्तरदायीत्व अन्र्तगत स्वास्थ्य केन्द्रमा चिकित्सक र प्राविधिकसहितको स्वास्थ्य शिविर संचालन गरिएको संघका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए ।
शिविरमा स्वस्थ्य परिक्षण, परामर्श र औषधी वितरण गरिएको संघका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडानम्बर १६ को सहकार्यक्रम भएको शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग रहनुको साथै नमुना आमा समुह र नमुना क्लव पोखरा–१६ को सहकार्य रहेको थियो ।
स्वास्थ्य शिविरका प्रमुख अतिथि इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले शैक्षिक सेवा सगै सामाजिक कार्यक्रम समेत इक्यानका सदस्य शाखाहरुले काम गदै आएको जानकारी दिए ।
पोखरा महानगरपालिका वडानम्बर १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिविरमा स्थानीयले लाभ लिएको बताए ।
इक्यानले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, विद्यार्थीहरुलाई छात्रवृत्ति विवरण लगायतका कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष भुवन बहादुर क्षेत्री, नमुना क्लवका अध्यक्ष मिन बहादुर गुरुङ, मेडिप्लस हस्पिटलका प्रवन्धक सुरेश राज आचार्यले बोेलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन