पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अर्मलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडानम्बर १६ जोगिमनीमा रहेको अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरेको हो ।
शिविरमा तीन सय स्थानीयले स्वास्थ्य परिक्षण गरेको शिविरका संयोजक विक्रम बस्नेतले जानकारी दिए । सामाजिक उत्तरदायीत्व अन्र्तगत स्वास्थ्य केन्द्रमा चिकित्सक र प्राविधिकसहितको स्वास्थ्य शिविर संचालन गरिएको संघका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए ।
शिविरमा स्वस्थ्य परिक्षण, परामर्श र औषधी वितरण गरिएको संघका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडानम्बर १६ को सहकार्यक्रम भएको शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग रहनुको साथै नमुना आमा समुह र नमुना क्लव पोखरा–१६ को सहकार्य रहेको थियो ।
स्वास्थ्य शिविरका प्रमुख अतिथि इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले शैक्षिक सेवा सगै सामाजिक कार्यक्रम समेत इक्यानका सदस्य शाखाहरुले काम गदै आएको जानकारी दिए ।
पोखरा महानगरपालिका वडानम्बर १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिविरमा स्थानीयले लाभ लिएको बताए ।
इक्यानले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, विद्यार्थीहरुलाई छात्रवृत्ति विवरण लगायतका कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष भुवन बहादुर क्षेत्री, नमुना क्लवका अध्यक्ष मिन बहादुर गुरुङ, मेडिप्लस हस्पिटलका प्रवन्धक सुरेश राज आचार्यले बोेलेका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’