नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा पर्यटकहरुको आगमन बढे संगै अर्गानिक र जिल्लामै उत्पादित बस्तुको माग बढेको छ । यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले स्थानीय स्थरमै उत्पादित खाने कुरा खाने गरेको होटल ब्यबसायीले बताए ।
पर्यटकहरुले जिल्लाभित्र उत्पादित स्याउ, आलु, फापर, कोलो, करु साथै याक, च्याङ्ग्रा, भेडा र लोकल कुखुराको परिकार बढी रुचाउने गरेको चामे ३ स्थित होटल व्यवसाय सञ्चालन गर्दै आएकी खरीमाया गुरुङले बताईन् ।
बिशेष गरी चाइनिज तथा अन्य देशका पर्यटकहरुले समेत जिल्लामा उत्पादित तरकारी तथा मासु प्रति रुचि देखाउने गरेको उनले बताईन् । आन्तरिक पर्यटकहरुले पनि मनाङ घुम्न आउँदा लोकल अर्गानिक खाना तथा खाजाहरु खाने गरेको पाईन्छ ।

जिल्लामै उत्पादित अर्गानिक खाना र खाजाप्रति आन्तरिक तथा बाह्य पर्यटकहरुको यसरी आकर्षण बढ्दै गएकाले हरेक होटलहरुमा पर्यटकहरुको पूर्ण सन्तुष्टि पुरा गर्न होटल ब्यबसायीहरु आफैले अन्नबाली र तरकारी बाली लागाउने गरेको समेत गुरुङले बताईन ।

त्यस्तै, मासुको लागी याक, च्याङ्ग्रा, भेडा तथा लोकल कुखुरा आफैले पाल्ने गरेका छन् । पर्यटकहरुले माग गर्ने भएकाले माग पुरा गर्न आफैले लोकल कुखुरा समेत पाल्ने गरेका छन् । बाह्य पर्यटकहरुले स्याउ, फापर र आलुको परिकार बढी रुचाउने गर्छन् भने नेपाली पर्यटकहरुले फापरको ढिँडो, लोकल कुखुराको मासु साथै याक च्याङग्रा, भेडाको मासु खान इच्छा राख्ने गरेको उनले बताईन् ।

उनले थप्दै भनिन् – सबै कुराको ब्यबस्था िमलाउन पर्यो नि । नत्र पर्यटकहरुको माग कसरी पुरा गर्ने ? पर्यटकहरुलाई त चाहेको र भएको सेवा कसरी दिन सकिन्छ त ? उनले भनिन । यसरी आफनै ठाउँ, गाउँ घरमै उत्पादित परिकार खान पाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु पनि खुशी भएर जाने गरेको होटल ब्यबसायी गुरुङको अनुभव छ
सम्बन्धित खबर
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
५० प्रतिशत अनुदानमा कृषि औजार पाएपछि भीरकोटका किसान उत्साहित
यो पनि पढौँ
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते