नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा पर्यटकहरुको आगमन बढे संगै अर्गानिक र जिल्लामै उत्पादित बस्तुको माग बढेको छ । यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले स्थानीय स्थरमै उत्पादित खाने कुरा खाने गरेको होटल ब्यबसायीले बताए ।
पर्यटकहरुले जिल्लाभित्र उत्पादित स्याउ, आलु, फापर, कोलो, करु साथै याक, च्याङ्ग्रा, भेडा र लोकल कुखुराको परिकार बढी रुचाउने गरेको चामे ३ स्थित होटल व्यवसाय सञ्चालन गर्दै आएकी खरीमाया गुरुङले बताईन् ।
बिशेष गरी चाइनिज तथा अन्य देशका पर्यटकहरुले समेत जिल्लामा उत्पादित तरकारी तथा मासु प्रति रुचि देखाउने गरेको उनले बताईन् । आन्तरिक पर्यटकहरुले पनि मनाङ घुम्न आउँदा लोकल अर्गानिक खाना तथा खाजाहरु खाने गरेको पाईन्छ ।

जिल्लामै उत्पादित अर्गानिक खाना र खाजाप्रति आन्तरिक तथा बाह्य पर्यटकहरुको यसरी आकर्षण बढ्दै गएकाले हरेक होटलहरुमा पर्यटकहरुको पूर्ण सन्तुष्टि पुरा गर्न होटल ब्यबसायीहरु आफैले अन्नबाली र तरकारी बाली लागाउने गरेको समेत गुरुङले बताईन ।

त्यस्तै, मासुको लागी याक, च्याङ्ग्रा, भेडा तथा लोकल कुखुरा आफैले पाल्ने गरेका छन् । पर्यटकहरुले माग गर्ने भएकाले माग पुरा गर्न आफैले लोकल कुखुरा समेत पाल्ने गरेका छन् । बाह्य पर्यटकहरुले स्याउ, फापर र आलुको परिकार बढी रुचाउने गर्छन् भने नेपाली पर्यटकहरुले फापरको ढिँडो, लोकल कुखुराको मासु साथै याक च्याङग्रा, भेडाको मासु खान इच्छा राख्ने गरेको उनले बताईन् ।

उनले थप्दै भनिन् – सबै कुराको ब्यबस्था िमलाउन पर्यो नि । नत्र पर्यटकहरुको माग कसरी पुरा गर्ने ? पर्यटकहरुलाई त चाहेको र भएको सेवा कसरी दिन सकिन्छ त ? उनले भनिन । यसरी आफनै ठाउँ, गाउँ घरमै उत्पादित परिकार खान पाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु पनि खुशी भएर जाने गरेको होटल ब्यबसायी गुरुङको अनुभव छ
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’