पोखरामा मंगलबारदेखि सुरु भएको प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब विजयी भएको छ ।
एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डायमण्डले विजयी यात्रा सुरु गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा न्यु डायमण्डले एभरेस्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सहज रुपमा पहिलो सेटमा न्यु डायमण्डले एभरेस्टमाथि २५—११ ले जित हासिल गर्यो । न्यु डायमण्डले दोस्रो सेट २५—१८ र तेस्रो सेट २५—१० ले सहज जित निकाल्न सफल रह्यो ।
यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्ल्बले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन भोलि पहिलो खेल एनपिसी र स्टेप रामपुर क्लबबीच हुनेछ । उक्त खेल दिउँसो तीन बजे सुरु हुनेछ । भोलिको दोस्रो खेल टिप्टप न्यु डायमण्ड र गण्डकी प्रदेशबीच दिउँसो पाँच बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु