पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजना र विधाता हस्तकला को प्राविधिक सहकार्यमा झोला बनाउने सिपमूलक तथा आयमूलक पन्ध्र दिवसीय तालिम बिहीबार सम्पन्न भएको छ ।
महिलाहरुलाई सीप सँग जोडेर आयआर्जनमा सहयोग पुर्याउने र पलाष्टिक जन्य वस्तुलाई न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वडा कार्यलयले जनाएको छ ।
“झोला प्रकार तथा आय मूलक” कार्यक्रम अन्तरगत भएको तालिममा जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित पोखरा महानगर पालिका वडा नं ६ द्वारा विनियोजित रकमबाट कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रशिक्षक सबिता श्रेष्ठ, धनमाया रोका र इन्द्रकुमारी पुनले दिएको प्रशिक्षणमा महिला र पुरुष गरि २१ जना सहभागि थिए । तालिममा सपिङ ब्याग, जोगि ब्याग, ह्यान्ड ब्याग, पेन्सील बक्स, मेकप बक्स, जेब्रा ब्याग र भाइरल ब्याग गरि आठ थरिका ब्यागहरु बनाउन सिकाइएको संयोजक तथा वडा सदस्य शोभा जलारीले जानकारी दिइन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेश माननिय सरस्वति गुरुङले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरिन् । तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्य पूरा हुने भएको बताउँदै, उनले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रम संयोजक तथा वडा सदस्य शोभा जलारीले जीवन भनेको सिकाई र भोगाई भएको बताउँदै काम सिक्नले कमाउने बताइन् । आर्थिक उर्पाजनका लागि जीवनकाल उत्तराद्र्धसम्म पनि सिक्न र सिकाउन छोड्न नहुने उनको भनाइ छ ।
पोखरा ६ का वडा सदस्य बासु बरालले तालिममा सिकेको सिपबाट लाभ लिन सकेमात्रै तालिमको औचित्य पुरा हुने बताए साथै सिकाइलाई प्रभावकारी बनाउन जोड दिए ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं ६ की नायक सुब्वा सरस्वति अधिकारी, खरदार अनिता गुरुङ, सुचना अधिकारी बसन्ती श्रेष्ठ, महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्ल, कृर्षि सञ्जाल बैदाम की अध्यक्ष वृन्दा धरेल, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामकमा अध्यक्ष ठाकुर बराल, नेवा मिस पुच बैदामकी अध्यक्ष इन्द्र श्रेष्ठ, देवीस्थान भलछोपुवा आमा समुहकी अध्यक्ष विष्णु माया नेपाली, तालबाराही आमा समुहकी अध्यक्ष काली परियार, जलारी दिदी बहिनी समुहकी अध्यक्ष मिना जलारी, नवोदित आमा समुहकी अध्यक्ष लिला सुनार, फेवा एकता दिदीबहिनी समुह अध्यक्ष यसोदा र पोखरा महानगर पालिका वडा नं ३ का वडा सदस्य सवि परियार लगाएतले आफ्ना भनाइ राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह