नेपाल पुलिस क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एनपिसीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एनपिसीले एभरेस्ट क्लबलाई पहिलो सेट २५-१६, दोस्रो सेट २५-१३ र तेस्रो तथा २५-११ ले पराजित गर्दै जित निकाल्न सफल रहेको थियो ।
दोस्रो सेमिफाइनल खेल टिपटप न्यु डायमण्ड र सशस्त्र प्रहरी बल (एपिएफ) बीच भइरहेको छ । न्यु डायमण्ड समूह ‘बी’ को विजेता र एपिएफ समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ