काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्यूरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् ।
राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएको र बजेट समेत व्यवस्था भएको बताए ।
मन्त्री पौडेलले सो केन्द्रमा विशेष पुनस्र्थापना ईकाई बनाइने बताए । पुनस्र्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनःसामान्य जीवनमा फर्कन सघाउने बताए ।
अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनस्र्थापना केन्द्रहरू प्रमुख सहरहरूमा सीमित रहेको भन्दै मन्त्री पौडेलले सबै क्षेत्रका सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयासरत रहेको बताए ।
‘पुनस्र्थापना सेवा प्रत्यक्षरूपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले, यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालयबीच समन्वय आवश्यक पर्दछ,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालयले स्थानीय तहलाई पुनस्र्थापना कार्यमा सशक्त बनाउनका लागि स्रोत र क्षमता अभिवृद्धि गर्दै पुनस्र्थापना सेवा कृत्रिम अंग र सहायक उपकरणको विस्तार गरिरहेको बताए ।
मन्त्री पौडेलले नेपालको स्वास्थ्य प्रणालीलाई पुनस्र्थापनामैत्री बनाउने दिशातर्फ बाटो अघि बढिरहेको बताए ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा मार्फत पुनस्र्थापना सेवा प्रवाह भईरहेको मन्त्री पौडेलले बताए ।
‘नेपाल सरकारको नीति तथा कार्यक्रम आ।व। २०७९ । २०८० मा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति तथा क्यान्सर लगायतका दीर्घरोगबाट प्रभावित नागरिकहरूको लागि सातै प्रदेशमा पुनस्र्थापना तथा परामर्श केन्द्र स्थापना गर्न मापदण्ड, ल्याई कार्य भईरहेको छ,’ उनले भने,‘पुनस्र्थापना सेवाको पहूँच र गुणस्तर कायग गराउन राष्ट्रिय पुनस्र्थापना सम्बन्धी रणनीतिको तयारी भैरहेको छ ।’
अहिले २३ वटा सङ्घीय अस्पतालहरु, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरुबाट फिजियोथेरापी सेवाहरु प्रवाह भईरहेको छ ।
सरकारले तयार पाररिरहेको राष्ट्रिय पुनस्र्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमुनाको रुपमा कम्तीमा एउटा सरकारी पुनस्र्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ ।
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा