पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन सरोकारवालाको जोड

पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन सरोकारवालाको जोड

pho1

पोखरा । पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् ।

गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइडहरुसंग पेशागत अवस्थाका वारेको अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।

नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्नुपर्ने बताए । अहिले गइडको लाइसेन्स नभएकाले पनि पथ प्रदर्शकको काम गरिरहेकाले यसलाई कडाई गरिनुपर्ने उनिहरुको भनाई थियो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव इन्द्रप्रसाद बस्यालले लाइसेन्स प्राप्त गाइडहरुलाई प्राथमिकता दिनुपर्ने बताए । सरकारले लाइसेन्स दिएको छ तर काम गर्न लाइसेन्स नभएकाले गरिरहेको छ भने के मान्यता भयो, बस्यालले भने ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नेपाल आउने पर्यटक ट्रेकिङका लागि आउने भएकाले पदमार्गको संरक्षण र विकास हुनुपर्ने बताए । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लागु गर्न टानले निरन्तर प्रायस गरिरहेको र अहिले प्रधानमन्त्री कार्यालयमा पुगेर छलफलमा रहेको आचार्यले जानकारी दिए ।

नेशनल पार्क र संरक्षित क्षेत्रमा गाइड अनिर्वाय गर्न आचार्यले सरकारको ध्यानाकर्षण गराए । पदयात्रामा जानका लागि अनिर्वाय गाइडको निर्णय भए पनि चेकपोस्ट स्थापना गर्न नसक्दा कार्यान्वय आउन नसकेको उनले गुनासो गरे ।

नेपाल पर्यटन बोर्डले टान र मजदुर संगठनहरुको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड)बिना पदयात्रामा जान नपाउने नियम लागू गरेको थियो । पछिल्लो समय उक्त नियम कार्यान्वयनमा आएको छैन ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम)का विभागिय प्रमुख अजयकुमार ढकालले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न गुणस्तरीय तालिम आवश्यक पर्ने बताए । त्यसका लागि नाथुमले तालिमको आयोजना गरिरहेको जनानकारी दिए । जस अन्तरगत ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइड अहिले पोखरामा नै संचालन गरिएको ढकालको भनाई थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायाण क्याम्पसका सहप्रध्यापक दिपक वास्तोला, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले गैह्कानुनी रुपमा काम गर्नेहरुले संरक्षण पाउदा लाइसेन्स प्राप्त गाइडहरुले रोजगार पाउन नसकेको बताए ।

कार्यक्रममा बोल्ने मजुदुर संग संगठनका नेताहरुले सामाजिक सुरक्षाका वारेमा चासो व्यक्त गरेका थिए । सिजनको बेलामा मात्र काम गरेर जिविको पार्जनमा समस्या हुने गरेको उनिहरुको गुनासो थियो । अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विष्णु देवकोटाले पर्यटन श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध गराउ नाथुम, काठमाडौँको आयोजनामा टान गण्डकीको समन्वय र नेपाल पर्यटन बोर्ड, गण्डकी कार्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ