पोखरा । कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी बनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समूह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन् । सिमित श्रोत साधनको बाबजुद पनि वडाकोतर्पmबाट सवै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा सञ्चारकर्मी हरि बास्तोलाले आमाहरु नेतृत्व विकाससंगै उत्पादनसँग जोडिनु पर्ने आवश्यकता औल्याउँदै बजारको आवश्यकता अनुसारको वस्तु उत्पादन गरेर आयआर्जन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए ।
समाजसेवी टिकाराम पौडेलले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आमाहरुलाई सक्षम बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्लेन विश्वास व्यक्त गरे ।विभिन्न आमा समुह र टोल विकास संस्थाका ४० जनाको सहभागिता रहेको उक्त तालिममा सुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् ।
आमा समूहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नारिशक्ति जागरण आमा समूहका अध्यक्ष राधादेवी लम्साल, समुहका उपाध्यक्ष मिना द्धारे र सचिव सिर्जना खनाले समुहको महत्व र खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।
सम्बन्धित खबर
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो