पोखरामा सञ्चालित प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपाल `एपीएफ´ ले जितेको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बल नेपाल `एपीएफ´ ले उपाधि जितेको हो ।
एपीएफले पुलिसमाथि पहिलो सेट २५-१९, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१३ ले सहज जित निकाल्दै प्रतियोगिताको उपाधि हासिल गर्न सफल भयो ।
उपाधि जितेको एपीएफले ट्रफीसहित छ लाख रुपैयाँसहित हात पार्यो । उपविजेता बनेको पुलिसले ट्रफी र तीन लाख रुपैयाँमा चित्त बुझायो ।
यसअघि एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको थियो । एभरेस्टमाथि न्यु डायमण्डले पहिलो सेट २५-८, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-११ ले सहज जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने न्यु डायमण्डले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले तीस हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, एपीएफकी सृष्टि खड्की उत्कृष्ट सर्भर, न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जशना महतो उत्कृष्ट सेटर, न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र एपीएफका पुष्प जंग मल्ल उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही बीस हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए ।
प्रतियोगितामा छ टीमको सहभागिता रहेको थियो । गण्डकी प्रदेश टीम, टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, स्टेप रामपुर टीम र दुई विभागीय टीमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको `एपीएफ´ टीम सहभागी थिए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु