पोखरा । अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार शिविर भएको हो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे । उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै बेला बेलामा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको सल्लाहअनुसार खानपान, जीवनयापन र औषधोपचार गर्न आग्रह गरे ।
‘सुगरले हानि पु¥याउन पाँच वर्ष लाग्छ, औषधी नखाई नियन्त्रण गर्छु भन्ने ठान्नुभो भने जीवन नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘बेला बेलामा जाँच गरी उचित उपचार गरे, खानपान र जीवनशैली सुधारे दीर्घ जीवन बाच्न सकिन्छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले असाध्य पीडा भएपछि मात्र जाँच गराउने, स्वास्थ्य संस्था जाने परिपाटी छाड्न आग्रह गरे । उनले बेला बेलामा स्वास्थ्य जाँच गर्न आग्रह गर्दै अधिकृत बिक्रेता संघ, युआरएल जस्तै गरी अरु संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक विजेन्द्र शर्मा पौडेल, सचिव दिलीपकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यक्रमा दुई सय वटा निशुल्क शिविर गरिसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ सर्वसाधारणसम्म स्वास्थ्य सचेतनासँगै गुणस्तरीय सेवा पु¥याउन शिविरहरु आयोजना गर्दै आएको बताउँछन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो