पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउँदै छ । प्रदेशले ल्याउने यो नवौं बजेट हो ।
आर्थिक मामिलामन्त्री टकराज गुरुङले दिउँसो ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम भएपनि केही ढिला भएको छ ।
आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब आसपासको बजेट प्रस्तुत गर्ने तयारी छ । सरकारले चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको थियो । सुरुमा ३० अर्ब आसपासको बजेट ल्याउने तयारी गरेको सरकारले योजनाको चाप बढेपछि २ अर्बका कार्यक्रम थपेको हो ।
प्रदेश सरकारले भौतिक पूर्वाधारतर्फ ५० लाख, ऊर्जा जलस्रोततर्फ १० लाख, सामाजिक, पर्यटन र वन मन्त्रालयतर्फ ५–५ लाख रुपैयाँभन्दा कमका योजनामा बजेट नहाल्ने सिलिङ बनाएको छ ।
गण्डकमा सत्तापक्ष र प्रतिपक्ष सांसदका योजनालाई वार्षिक विकास कार्यक्रममा समावेश गर्ने गरी छुट्टाछुट्टै बजेट ‘सिलिङ’ दिइएको छ । प्रत्यक्षलाई १० लाखदेखि २ करोड ५० लाख रुपैयासम्मको ‘सिलिङ’ मन्त्रालयले दिएका छन् । समानुपातिक सांसदलाई त्यसको आधा–आधा ‘सिलिङ’ तोकिएको छ ।
गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदले करिब ४ करोड २० लाख र समानुपातिकले करिब २ करोड ३५ लाख रुपैयाँ बराबरको आयोजना पाउनेछन् । गण्डकीमा ३६ प्रत्यक्ष र २४ समानुपातिक सांसद छन् । मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) कारागार रहेकाले उनको पद निलम्बनमा छ ।
आगामी आर्थिक वर्षका निम्ति गण्डकी सरकारले संघीय सरकारबाट विभिन्न शीर्षकअन्तर्गत १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ प्राप्त गर्दैछ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ